काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक सूचना टाँस गरेर पुस १६ सम्मको लागि स्थगित गरिएको हो ।
आजबाट सभामुख चयनको प्रक्रिया सुरु हुने कार्य सूची थियो । सभामुख उम्मेदवारको टुंगो नलागेका कारण बैठक सारिएकाे हो ।
यो सँगै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा घोषणाको मिति पनि सरेको छ । उनले सभामुखको टुंगो लागेपछि मात्र राजीनामा दिने छिन् ।
