काठमाडौं । प्रदेश नम्बर ३ को राजधानी काभ्रेको धुलिखेल हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा तीन मत मात्र परेको छ ।
प्रस्तावको विपक्ष अर्थात हेटौंडा होस भन्ने पक्षमा एक सय १ मत परेको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा एक सय ४ सदस्य उपस्थित थिए ।
सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन गरी मतदान गराएका थिए ।
सभामुख श्रेष्ठले साे प्रस्ताव अस्वीकृत भएको घोषणा गरे । अहिले हेटौंडा कायम गरियोस् भन्ने प्रस्तावमा मतदान भइरहेको छ ।
विवेकशील साझाका संसदीय दलका नेता रमेश पौडेलले काभ्रे राजधानी हुनुपर्छ भन्न्ने प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्तावको पक्षमा विवेकशील साझाको मात्र मत परेको थियो । सो पार्टीको प्रदेश सभामा तीन सांसद छन् ।
