हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी हेटौंडा राख्ने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको छ ।
आइतबार बसेको प्रदेश सभा बैठकले सो प्रस्ताव पारित गरेको हो । सो प्रस्तावको पक्षमा एक सय पाँच र विपक्षमा तीन मत परेको छ ।
प्रदेशको स्थायी राजधानी हेटौंडाको प्रस्तावक मुख्यमन्त्री तथा नेकपा नेता डोरमणि पौडेल छन् । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङ समर्थक छन् ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले संयुक्त प्रस्ताव पेस गर्दै हेटौंडा राजधानी राख्ने पक्षमा मतदान गरेका हुन् ।
यस्तै नाम बागमती राख्ने बारेमा केहीबेरमा मतदान हुँदैछ ।
