हेटौंडा । प्रदेश ३ को नाम बागमती राख्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकबाट सो प्रस्ताव पारित भएको हो । नाम बाग्मती राख्ने प्रस्तावको पक्षमा एक सय ८ मत परेको छ । विपक्षमा एक मत पनि परेन ।
प्रदेशकाे नाम बागमतीकाे प्रस्तावक कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ छन् । नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपाकी माझी, राप्रपा (संयुक्त) रीना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल, साझा पार्टीकी शोभा शाक्य समर्थक छन् ।
राजधानीमा असहमत भएपनि विवेकशील नेपाली नाममा यसअघि नै सहमत थियाे ।
यसअघि आजै बसेको प्रदेश सभा बैठकमा राजधानी हेटौंडा राख्ने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको थियो । सो प्रस्तावको पक्षमा पाँच र विपक्षमा तीन मत परेको थियो ।
प्रदेश सभा गठन भएको करिब दुई वर्षपछि प्रदेश ३ को नाम र स्थायी राजधानी तोकिएकाे हो ।
