काठमाडौं । राष्ट्रिय सभा बैठक साेमबार बस्दैछ ।
दिउसाे बस्ने बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ लाई अगाडि बढाइने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री ओलीले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।प्रधानमन्त्री अाेलीले नै ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूचीछ ।
