काठमाडौं । प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एकमा कांग्रेसले दाबी गरेको छ ।
संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुन पाइँदैन । सभामुखका लागि नेकपाले पार्टीका स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई अगाडि सारेको छ ।
उपसभामुखका लागि भने नेकपाले राजपालाई छोड्ने सहमति पहिले नै गरिसकेको छ ।
तर, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सो विषयमा पार्टीमा छलफल गर्न बाँकी रहेको सनराइज खबरलाई बताए । उनले भने– ‘बहुमत हुनेले सभामुख दाबी गरेपछि, उपसभामुखमा अन्य दलको हुनुपर्ने भएकाले यसमा कांग्रेसले सोच्न सक्छ ।’
यस्तै सचेतक पुष्पा भुसालले सभामुख निर्वाचनको कार्यतालिका प्रकाशित भएपछि सो विषयमा छलफल हुने सनराइज खबरलाई बताइन् ।
