काठमाडौ । सांसद् हरिचरण शिवाकोटीले डाक्टर, इन्जिनीयर लगायतका अन्य विधा नेपालमै पढ्ने व्यवस्था हुनुपर्ने धारण राखेका छन् ।
सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सरकाले कलेज बनाउन अनुमति दिएकाे तर पूर्वाधार तयार भएपछि सम्बन्धन नदिँदा अर्बौ घाटामा गएको बताए ।
‘सरकार कलेज बनाउन अनुमति दिन्छ । पूर्वाधार निर्माण पनि हुन्छ । काउन्सिलर गएर अनुगमन गर्छ । तर सरकारले सम्बन्धन दिँदैन’ – उनले भने ।
सरकारले सम्बन्धन नदिँदा बनिसकेका भवन मसानघाट बनेको उनकाे भनाई थियो ।
शिवाकोटीले भने– ‘बनेका संचरचना विकासको लगि हो । मसानघाट जस्ता भएका छन् । अनुमति नदिँदा हजारौ विद्यार्थी विदेश जान बाध्य छन् ।’
