काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन्। सोमबार दिउँसो संसद् सचिवालयमा उनले राजीनामा बुझाएकी हुन्।
सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले नयाँ सभामुख चयनका लागि मार्ग प्रशस्त गर्ने बताएकी थिइन्।
बैठकमा बाेल्दै उनले सभामुख चयनको ठोस आधार सिर्जना भएकाले मार्ग प्रशस्त गर्न लागेकाे बताइन् ।
उनले आफू जनजाति पृष्ठभूमिबाट आएको एकल महिला भएपनि जनताको सार्वभौम अधिकार महसुस गर्ने अवसरलाइ पाउनुको श्रेय राजनीतिक दल र लोकतान्त्रिक प्रणालीलाई दिएकी छिन् ।
यस्तै कसैले पनि आफ्ना जरा र धरातल बिर्सनु नहुने उनले बताएकी छिन् ।
आज नै प्रतिनिधि सभाको अर्को बैठक दिउँसा ४ बजे बस्ने कार्यक्रम छ । साे बैठकले नयाँ सभामुख चयनकाे प्रक्रिया अघि बढाउनेछ ।
