काठमाडौं । सांसद् रामलखन चमारले गण्डकी प्रदेशमा विद्युतीय तथा ट्रली बस संचालनमा ल्याउन माग गरेका छन् ।
सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सो माग गरेका हुन् ।
गण्डकी प्रदेशकाे लुम्बिनी क्षेत्रसँग भारतीय नाका जोडिएका कारण भारतीय पर्यटक सहज रुपमा भित्र्याउन सरकारले विद्युतिय बस संचालनमा ल्याउनुपर्ने विचार उनले राखे।
विद्युतीय बस संचालनले पर्यटकको आवगमन सहज हुने उनले बताए । ‘विद्युतीय तथा ट्रली बस संचालनले पर्यटकलाई सो क्षेत्रमा रहेका पर्यटकिय स्थल रामग्राम, पण्डितपुर लुम्बिनीसम्मको यात्रा गर्न सहज हुनेछ’ – उनले भने ।
आगामी बजेटमा यसकाे व्यवस्था गर्न सरकारलाई उनले सुझाव दिए ।
