काठमाडौं । सांसद् नन्दा चपाईंले रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालनमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।
सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले भनिन् – ‘देश विकासको मेरुदण्डको रुपमा मानिएका उद्योग रुग्ण अवस्थामा छन् । यसको सञ्चालनमा सरकारले ध्यान दिन आवश्यक छ ।’
उनले कतिपय उद्योगहरुले कार्यरत मजदुरलाई पारिश्रमिक नदिएको बताउँदै त्यस्ता उद्योगको व्यवस्थापन हुनुपर्ने विचार राखिन् ।
‘कारखानामा कार्यरत मजुदरले समयमा भुक्त्तानी पाएका छैनन् । श्रमको मूल्य नपाउँदा उनीहरुको विचल्ली भएको छ’– उनले भनिन् ।
