काठमाडौं । सासंद् नैनकला ओझाले शिवरात्रीलाई सभ्य बनाउन सरकारको ध्यानकर्षण गराएकी छिन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले लुगा नलगाएका व्यक्तिलाई पशुपति क्षेत्रमा प्रवेशमा रोक लगाउनुपर्ने धारणा राखिन् ।
‘बिना वस्त्र आउने व्यक्ति हुन् वा साधु, प्रवेश निषेधको सूचना टाँसेर त्यस्तालाई पशुपति परिसरमा रोक लगाउनुपर्छ ’ – उनले भनिन् ।
उनले पशुपति क्षेत्र लाखौं भक्तजनको आस्थाकाे केन्द्र भएको बताउँदै शिवरात्रीको नाममा हुने नकारात्मक गतिविधि रोक्नुपर्ने बताइन् ।
