काठमाडौं । सांसद् रमेश यादवले बाराका सडक छेउछाउमा अव्यवस्थित रुपमा बस्दै आएका समुदायको व्यवस्थापन सरकारले गर्नुपर्ने माग राखेका छन् ।
सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले यस्ताे माग राखेका हुन् ।
सडक छेउमा थाेरै जग्गामा उनी बस्दै आएकाे अहिले सो जग्गा पनि सडकमा पर्दा बसोबास नै गुम्ने अवस्थामा पुगेको उनले बताए ।
सरकारले उनीहरुलाई उचित मुआब्जासहित बसोबासको व्यवस्था गर्नुपर्ने माग उनले राखे ।
