काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नारायणकाजी श्रेष्ठ र भगवती न्याैपाने विजयी भएका छन् । यी दुबै गण्डकी प्रदेशबाट उम्मेदवार थिए ।
बिहीबार भएको चुनावमा श्रेष्ठले कांग्रेसका सूर्यप्रसाद रेग्मीलाई हराए । श्रेष्ठले ३ हजार ४ सय ६२ मत ल्याए । यस्तै रेग्मीले २ हजार २ सय ४४ मत ल्याए ।
महिलातर्फ नेकपाकी उम्मेदवार भगवती न्यौपाने विजयी भएकी छन् । उनी नेकपामा महिलातर्फबाट उम्मेदवार थिइन् । भगवतीले ३ हजार ३ सय ६६ मत पाइन् ।
यस्तै प्रदेश २ को महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गरेकी हुन् । तुलसाले ५ हजार २ सय ८ मत पाइन् ।
प्रदेश २ मा नेकपा र राजपाले चुनावी गठबन्धन गरेका थिए । तुलसा दाहाल नेकपा/राजपाकी संयुक्त उमेदवार बनेकी थिइन् ।
