काठमाडौं । राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की विमला घिमिरे निर्वा्चित भएकि छिन् । उनले पाँच हजार सात सय २८ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी गिरिजादेवी न्यौपानेले दुई हजार एक सय मत ल्याइन् ।
महिलाका पाँच मत बदर भएका छन् । अपाङ्गता र खुलाको मतगणना घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ ।
