काठमाडौं । राष्ट्रियसभा सदस्यमा प्रदेश १ बाट नेकपाकी ईन्दिरा गौतम विजयी भएकी छन् ।
प्रदेश १ को महिलातर्फको सदस्यमा उनी विजयी भएकी हुन् । गौतमले नेपाली कांग्रेसकी मीना पुलामी मगर र समाजवादी पार्टीकी कमला वडहीलाई हराइन् ।
उनले ६ हजार ४ सय २२ मत प्राप्त गरिन् ।
