काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार विजयी भएका छन् ।
नेकपाका गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल विजयी भएका हुन् । अच्छामी दलिततर्फ, गौतम महिला र दाहाल अन्यतर्फबाट निर्वाचित भएका हुन् ।
अच्छामीले ६ हजार ३ सय ३०, गौतमले ६ हजार ४ सय २२ र दाहालले ६ हजार २ सय ३४ मत प्राप्त गरे ।
यस्तै सुदूरपश्चिम प्रदेशमा महिलातर्फ नेकपाकी शारदा भट्ट विजयी भएकी छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटालाई हराइन् । शारदाले ३ हजार ७ सय ३८ मत प्राप्त गरिन् ।
