काठमाडौं । राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश ५ बाट सबै नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका जगप्रसाद शर्मा, विमला घिमिरे र गोपाल भट्टराई विजयी भएका हुन् ।
शर्मा अपांग अल्पसंख्यकबाट, घिमिरे महिलातर्फबाट र भट्टराई अन्यबाट उम्मेदवार बनेका हुन् । शर्माले ५ हजार ४ सय २४, घिमिरेले ५ हजार ७ सय ७८ र भट्टराईले ५ हजार ३ सय ८२ मत प्राप्त गरे ।
