काठमाडौं । राष्ट्रिय सभा सदस्य चुनावमा नेकपाले १६ सिट जित्दा राजपाले दुई सिट जितेको छ । १८ सिटका लागि बिहीबार चुनाव भएको थियो । एकजना भने राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
विजयी हुने सदस्यहरु
प्रदेश १
इन्दिरा गौतम (नेकपा) गोपी अछामी (नेकपा) देवेन्द्र दाहाल (नेकपा)
प्रदेश २
तुलसा दाहाल (नेकपा) राधेश्याम पासवान (नेकपा) मृगेन्द्रसिंह यादव (राजपा) शेखर सिंह (राजपा)
बागमती प्रदेश
गंगा बेल्वासे (नेकपा) वेदुराम भुसाल (नेकपा)
गण्डकी प्रदेश
भगवती न्यौपाने (नेकपा) नारायणकाजी श्रेष्ठ (नेकपा)
प्रदेश ५
विमला घिमिरे (नेकपा) गोपाल भट्टराई (नेकपा) जगप्रसाद शर्मा (नेकपा)
कर्णाली प्रदेश
सुमित्रा बीसी (नेकपा) मायाप्रसाद आचार्य (नेकपा)
सुदूरपश्चिम प्रदेश
तारामान स्वाँर (नेकपा) शारदा भट्ट (नेकपा )
सभाबाट १९ जना सदस्यको कार्यकाल फागुन १९ गतेबाट सकिँदैछ । जसमा नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादीको १ जना रहेका छन् ।
