काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा सोमबार सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् ।
साे समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।
सभामुख सापकाेटाले सपथपछि पद बहाली पनि गरेका छन् ।
नेकपाका सांसद् सापकोटा आइतबार सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।
