काठमाडौं । राष्ट्रिय सभा बैठक आज दिनको १ बजे बस्दैछ । शभाको पाँचौ अधिवेशनको यो बैठक संख्या ११ हो ।
बैठकका सम्भावित कार्यसूची
प्रधानमन्त्री के.पी. शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकलाई सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकलाई सभा समक्ष पेस गर्ने कार्यतालीका रहेको छ ।
सभा अध्यक्षले प्रतिनिधि सभाका पूर्व सदस्य गम्भीरजंग कार्कीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
