काठमाडौं । नेपाली कांग्रेसका सांसद् प्रकाश पन्थले राष्ट्रिय सभामा कोरोना भाइरसका बारेमा विचार राखेका छन् । राष्ट्रिय सभाको विशेष समयमा बौल्दै उनले काेराेना भाइरस संक्रमणकाे जोखिम विरुद्ध पूर्व तयारी अपनाउन आवश्यक रहेको बताए ।
उनले चीन छिमेकी मुलुक हुनुका साथै खुल्ला सिमाना भएकाले नेपालमा संक्रमण बढ्ने सक्ने भन्दै यसलाई राेक्नुपर्ने माग राखे ।
पन्थले चीनमा अध्यनरत विद्यार्थी र व्यवसायीहरु याे राेगकाे जाेखिममा रहेकाे भन्दै नेपालीलाई सकुशल फर्काउन सम्बन्धित निकायको ध्यानकर्षण गराए ।
उनले सरकारले उल्लेखनीय काम गर्न नसकेको बताए । सरकारले कर्ममा भन्दा काण्डमा विश्वास राखेको उनकाे भनाई थियाे ।
काण्डले सडक र सदन तातएको बताउँदै उनले सरकारले भने बेवास्ता गर्दै पिना सुकाइरहेको बताए । उनले भने– ‘ जनताका जनप्रतिनिधिकाे थलो सार्वभौम संसद्मा समेत सदनको आवाज सुकेर गएको छ । ती आवाज सिंहदरबारसम्म पुग्न सकेको छैन ।’
एमसीसीको बारेमा अझैपनि सरकारको धारण स्पष्ट नभएको उल्लेख गर्दै उनले भने– ‘भ्रम के हाे, यथार्थ के हो, किन सरकारले धारणा दिएन ?’
उनले एमसीसी मात्र नभइ सरकारले गोकर्ण रिसोर्ट, सिमाना लगायत विषयमा समेत आफ्नो आधिकारिक धारणा दिन नचाहेको बताए ।
