काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसीबारे प्रष्टसँग मुख खोलेका छन् । प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसिसी पारित गर्नुपर्ने विचार राखेका हुन् ।
एमसिसीले विभिन्न चरण पार गरिसकेको प्रधानमन्त्री ओलीले बताए । ६ सातजना प्रधानमन्त्रीको कार्यकाल पार गरिसकेको र अहिले संसद् समक्ष अनुमोदनका लागि प्रतिक्षा गरिरहेको एमसिसी पारित गर्नुपर्ने उनले बताए ।
‘यस्ता अनेक विषय हाम्रा अगाडि छ, जसका सम्बन्धमा म सविस्तार पछि भन्नेछु’– प्रधानमन्त्री ओलीले भने ।
