काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का संयोजक महेन्द्रराय यादवले आफूहरुले उपसभामुखका विषयमा नेकपासँग कुनै कुरा नगरेको बताएका छन् ।
मंगलाबारकाे प्रतिनिधि सभा बैठकमा बोल्दै यादवले उपसभामुखको कुरा बाहिर आएपनि याे विषयमा नेकपासँग कुनै कुरा नगरेको बताएका हुन् । उनले नेकपाले आफैंले उपसभामुख दिन चाह्यो भने त्यसको बारेमा पार्टीमा छलफल गरिने जानकारी दिए ।
उनले बैठकमा आफ्ना मागहरु पूरा गरे सरकारलाई सहयोग गर्ने धारणा राखे ।
मधेसको मुद्दा सम्बाेधन नगर्ने तर मधेसी दललाई सत्ताको लोभ देखाएर समर्थन लिने प्रवृत्ति देखिएको भन्दै उनले भने– ‘समाजवादी पार्टीले दुई बुँदे सम्झौता गरी सरकारमा सहभागी भएको थियो, तर १८ महिना बित्दा समेत सरकारले कुनै वास्ता गरेन । अहिले पनि माग पूरा गर्याे भने समर्थन गर्न तयार छौँ ।’
राजपा नेपालको लागि सत्ता प्राथमिकता नभई राजनीतिक मुद्धा प्राथमिकतामा रहेको रहेको उनले बताए ।
