काठमाडौं । नेकपाका सांसद् खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा लागि थप जग्गा अधिग्रहण बारे यथार्थ जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भने– ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्ने कुरा सत्य हो ? उचित मुआब्जा दिइन्छ कि दिइदैँन ? अब थप अधिग्रहण गर्ने कार्यक्रम छ कि छैन ?’
उनले प्रश्न गरे– ‘एयरपोर्टको तल्लो क्षेत्रमा रहेको हजारौं हेक्टर जग्गाको सिंचाईको व्यवस्था के हुन्छ ? परियोजनाको वातावरण अध्ययन मूल्यांकन प्रतिवेदन किन सार्वजनिक गरिँदैन ?’
त्यसबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनले मध्य पहाडी लोकमार्ग कास्कीको रुदीखोला देखि भैंसेसम्मको टेण्डर रोकिएकोमा तुरुन्त खुलाउन माग गरे ।
