काठमाडौं । छाउपडी शब्द नै घृणित र अपहेलित गर्ने खालको रहेको सांसद् शेरबहादुर कुँवरले बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले यो प्रथाले परम्परागत रुपमा जरा गाडेर बसेको बताए । यही प्रथाका कारण धेरै महिलाको अकालमा ज्यान गएकाले छाउगोठ भत्काउने अभियान सुरु भएको उनको भनाइ छ ।
पछिल्लो पटक पार्वती रावतको मृत्युपछि अछाम, बाजुरा र डोटीमा छाउ गोठ भत्काउने अभियानले तीव्रता पाएको उनले बताए ।
अहिलेसम्म अछाममा मात्र ५ हजार गोठ भत्काइएको बताउँदै उनले गोठ भत्काएर मात्र नहुने भन्दै उनले प्रत्येक गाउँपालिकालाई यो अभियानमा संलग्न गराइ खटाइनु पर्ने विचार राखे ।
यस्तै स्थानीयमा यो बारे चेतनाको विकास गरेमा मात्र छाउपडी प्रथा उन्मुलन अभियान सफल हुने उनको भनाइ छ ।
