काठमाडौं । सांसदहरुले नेपाल र चीनबीच भएको सीमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौताबारे सरकारको धारणा मागेका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकको बिशेष समयमा बोल्दै सांसद् ब्रिशेषचन्द्र लालले परराष्ट्रमन्त्रीको हस्ताक्षरसहितको सो सम्झौताबारे सरकारको धारणा मागेका हुन् ।
सन्धि ऐन २०४७ को दफा १० अनुसार जानकारीका लागि संघीय संसदमा पेस गरिएको भन्दै उनले सम्झौताबारे स्पष्ट पार्न सरकारको ध्यानाकार्षण गराएका हुन् ।
नेपालको सिमाना सम्बन्धी कुनै पनि सन्धि सम्झौता संघीय संसद्लाई जानकारी दिएर मात्र नपुग्ने भन्दै उनले भने- 'यसबारे छलफल हुनुपर्याे, दुई तिहाई बहुमतले समर्थन र अनुमोदन गर्नुपर्याे ।’
गत २६ असोजमा नेपाल र चीन सरकारबीच सीमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
