काठमाडौं । चर्चित् र विवादास्पद बनेकाे पारमाणविक विधेयक अाज प्रतिनिधि सभा बैठकमा पेस हुँदैछ । याे विधेयक उपर शिक्षा तथा स्वास्थ्य समितिमा व्यापक छलफल भएकाे थियाे ।
सरकारले जुन स्वरुपमा विधेयक ल्याएकाे थियाे त्यसमा समितिले व्यापक संशाेधन गरेकाे छ । समितिले गरेकाे संशाेधन सहितकाे प्रतिवेदन अाज प्रतिनिधि सभा बैठकमा जयपुरी घर्तीले पेस गर्दैछिन् ।
अाजकाे बैठकमा महिला तथा सामाजिक समिति समितिकी सभापति निरु देवी पालले ज्येष्ठ नागरिक (पहिलो संशाधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने छिन् ।
अाजकाे बैठकमा अर्थ मन्त्री डा युवराज खतिवडाले निम्न विधेयक प्रस्तुत गर्ने तथा प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची रहेको छ ।
(क) सार्वजनिक ऋण व्यवस्थापन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) सार्वजनिक ऋण व्यवस्थापन विधेयक प्रस्तुत गर्ने ।
(ग) बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने ।
(घ) बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने ।
(ङ) नेपाल राष्ट्र बैंङ्क (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने ।
(च) नेपाल राष्ट्र बैंङ्क (तेस्रो संशोधन) विधयक प्रस्तुत गर्ने ।
(छ) धितापत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने ।
(ज) धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने ।
बैठक अाज दिउँसाे एक बजे बस्दैछ ।
