काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डिला संग्रौलाले निजी मेडिकल कलेजले बढी शुल्क लिएको विषयमा बोलेकी छिन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भनिन्– ‘विद्यार्थी, अभिभावक, कलेज सञ्चालक र सरकारबीच शुल्क फिर्ता गराउने सहमति भएको थियो, त्यो सहमति कार्यान्वयन भएको देखिदैन ।’
सहमति विपरीत कलेजहरुले बढी शुल्क लिइरहेको भन्दै उनले भनिन्– ‘सहमति कार्यन्वयनमा के भइरहेको छ ? सरकारले किन फिर्ता गराउन सकेन ? सदनलाई जानकारी गराइयाेस् ।’
यस्तै सांसद् संग्रौलाले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डाक्टर कृष्ण गिरीको योग्यताको प्रश्न उठेको भन्दै छानबिन गर्न माग गरेकी छिन् ।
