काठमाडौं । नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडूले चीनमा रहेका नेपालीको अवस्थाबारे सदनमा जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले कोरोना भाइरस प्रभावित चीनबाट करिब दुई सय जना नेपालीले उद्धार गर्न आवेदन दिएपनि सरकारले उद्धार नगरेको बताए ।
उनले भने– ‘छिमेकी देश चीनमा कोरोना भाइरसकाे संक्रमण फैलिएको छ । त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ ? उद्धार र संक्रमण भेटिएमा नेपालमा उपचार गर्न सक्ने तयारी कस्तो छ ? सदनमा जानकारी गराइयोस् ।’
