काठमाडौं । सांसद् उदया शर्मा पौडेलले सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई छुट नदिएको गुनासो गरेकी छिन् ।
बुधबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई छुट दिइने भनिएपनि लामो रुटका गाडी र काठमाडौंका माइक्रो बसले छुट नदिएको उनले बताइन् ।
अहिले बसहरुमा महिला, ज्येष्ठ नागरिक र अपाङ्ग सिट छुट्याउने गरी उल्लेख नगरिएकाे भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।
