काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसका कारण त्यहाँ रहेका नेपाली विद्यार्थी समस्यामा परेको सांसद् कमला कुमारीले बताएकी छिन् ।
बुधबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले कोरोना भाइरसका कारण नेपाली विद्यार्थी रोइरहेको अवस्था रहेको बताइन् । अलपत्र परेका नेपालीको सबै विवरण निकालेर उनीहरुकाे उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
यस्तै सांसद् कोमल वलीले अहिले नेपालमा संक्रमित कोही छन् भने तिनको अवस्था के छ भन्दै जिज्ञासा राखेकी छिन् ।
यस्तै उनले उद्धार गरेर ल्याएका विद्यार्थीलाई राख्ने व्यवस्थाको बारेमा प्रश्न गर्दै यो भाइरसको संक्रमण नेपालमा फैलन नदिनका लागि सरकारले के गरिहेको छ भन्दै स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउन चाहेको बताइन् ।
