काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरु प्रतिनिधि सभा सरह राष्ट्रिय सभाकाे पनि हैसियत छ भन्ने स्थापित गर्ने प्रयासमा लागेका छन् । राष्ट्रिय सभालाई सर्वसाधारणले मात्र नभएर बुद्धिजीवीहरुले समेत नबुझेकाे विचार नेपाली कांग्रेसका सांसद् जितेन्द्र नारायण देवले राखेका छन् ।
सभाकाे विशेष समयमा बोल्दै सांसद् देवले राष्ट्रिय सभाको संवैधानिक हैसियतकाे प्रचार गर्न चारवटा काम गर्नुपर्ने बताएका छन् ।
१) राष्ट्रिय सभाका सदस्यहरुलाई अाफ्नाे चुनाव क्षेत्रप्रति जिम्मेवार बनाउन नियमावलीमा सशाेधन गरेर विशेष किसिमकाे संयन्त्र गठन गर्ने
२) समय समयमा प्रदेशहरुमा राष्ट्रिय सभाकाे काम, संवैधानिक हैसियत र महत्वबारे विचार गाेष्ठी गर्ने
३) राष्ट्रिय सभाका समितिहरुकाे कामकाे पुनसंरचना गरी सबै समितिलाई पर्याप्त काम उपलब्ध गराउने गरी नियमावली संशाेधन गर्ने
४) राष्ट्रिय सभाले गरेका कामकाे जानकारी दिन नियमित रुपमा पत्रकार सम्मेलन गर्ने
उनले भने–‘हाम्रै देशका बुद्धिजीवी र सचेत नागरिकले समेत संविधानले राष्ट्रिय सभालाई कसरी परिभाषित गरेकाे छ भन्ने नपढी नबुझी राष्ट्रिय सभाका बारेमा नकारात्मक विचार राख्छन् । राष्ट्रिय सभाकाे काम नै छैन भन्छन् ।’
