काठमाडौं । सांसद् रामलखन चमारले दलितकाे जनसंख्या घटाइएकाे भन्दै सरकारकाे ध्यानाकार्षण गराएका छन् ।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले यसबाट दलित समुदाय अन्यायमा परेको बताए । राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार ०४८ मा दलितको संख्या १६ प्रतिशत, २०५८ मा १२ प्रतिशत र २०६८ मा १३ दशमलव ८ भएको बताउँदै उनले प्रश्न गरे- 'तथ्यांकमा किन परिवर्तन भयो ?'
थर र गाेत्रका कारण दलितको तथ्यांक उथलपुथल गराएर जनसंख्या घटाइएकाे दावी गर्दै उनले भने- 'सार्वजनिक ठाउँमा गणकहरुले उसकाे वास्तविकताबारे सोध्दा उस्को ज्यान जाने, वास्तविक जात भन्यो भने अपमान हुने डर छ ।'
जनसंख्याको मापदण्ड अनुसार राज्यले दलित समुदायका लागि आवश्यक व्यवस्था गर्नुपर्ने उनकाे माग छ । राज्यको सबैभन्दा तल रहने दलित समुदायले समानुपातिक अधिकार कहिले पाउने भनी उनले प्रश्न गरे ।
