काठमाडौं । सांसद् नन्दा चपाईंले नेपालमा चाहिने तरकारी नेपालमै उत्पादन हुने गरी किसानहरुलाई उत्पादनको व्यवस्था मिलाउन आग्रह गरेकी छिन् ।
बिहीबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले तरकारीको मूल्य बढेको हुँदा वर्तमान सरकारले नेपाली कृषकलाई यस्को महत्व बुझाउन आग्रह गरेकी छिन् ।
चीन फैलिरहेको कोरोना भाइरसका कारण ताताेपानी नाकाबाट आयात हुने तरकारीको मूल्य वृद्धि भएको भन्दै उनले नेपाली किसान आफैंलाई यसबारे सचेत गराउन सरकारलाई आग्रह गरेकी छिन् ।
