काठमाडौं । विजयकुमार गच्छदारलाई बालुवाटार जग्गा घोटाला काण्डमा भ्रष्टाचार मुद्दा लगाइएकोमा नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।
गच्छदारलाई मुद्दा लगाइनु पूर्वाग्रह भएको दावी कांग्रेसको छ ।
बैठकमा कांग्रेसकी सचेतक पुष्पा भुषालले विचार राख्दै गच्छदार विरुद्धको मुद्दा सैह्य नहुने बताइन् । त्यसपछि उनले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने घोषणा गरिन् । उनको घोषणा सँगै कांग्रेस सांसद्हरु आआफ्नो ठाउँमा उभिएका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु गर्न र अवरोध नगर्न अपिल गरेका थिए तर कांग्रेस सांसद्हरु उभिएको उभियै गरे । त्यसपछि सभामुख सापकोटाले भोलीसम्मका लागि वैठक स्थगित गरेका छन् ।
