काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार पनि प्रतिनिधि सभा बैठकमा चल्न दिएन ।
शुक्रबार बैठक सुरु भएलगत्तै कांग्रेस सांसद् मिनबहादुर विश्वकर्माले आफ्नालाई जोगाउँदै कांग्रेसका नेताहरुलाई फसाउने नीति सरकारले लिएकाे दावी गरे । यस्तो अवस्थामा सदनको कारबाही अघि बढाउन सहयोग नगर्ने बताए ।
त्यसपछि कांग्रेस सांसद्हरुले बैठक चल्न दिएनन् । उभिएर अवरोध गरे । सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक आग्रह गरेका थिए । तर, कांग्रेस सांसद्ले उभिएर अवराेध जारी राखे । त्यसपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।
