काठमाडौं । नेपाली कांग्रेसले आज पनि विजय गच्छदारको नाममा प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने भएको छ । गच्छदारलाई बालुवाटार जग्गा घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएपछि कांग्रेसले सदन अवरोध थालेको हो ।
कांग्रेसले गच्छदारलाई पूर्वाग्रहपूर्ण तरिकाले मुद्दा लगाइएको तर माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, विष्ण्ुा पौडेल, लिलामणी पौडेल लगायतलाई मुद्दा नलगाइएकोमा आपत्ति जनाउँदै आएको छ ।
आज प्रतिनिधि सभा बैठक दिउँसो एक बजे बस्दैछ । कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरे पनि राष्ट्रिय सभा बैठकमा भने अवरोध गरेको छैन । राष्ट्रिय सभा बैठक सोमबार बस्दैछ ।
