काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । आफ्ना उपसभापति विजयकुमार गच्छदारलाई बालुवाटार जग्गा घोटाला काण्डमा अख्तियारले मुद्दा लगाएको विरोधमा कांग्रेसले सदन अवरुद्ध गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले ‘बैठकको आजको कारवाही प्रारम्भ हुन्छ’ भन्नासाथ कांग्रेस सांसद्हरु उठेर अवरोध गरेका थिए ।
कांग्रेसले यस अघिको दुईटा बैठक अवरुद्ध गरिसकेको छ, त्यसपछि आजको बैठक पनि अवरुद्ध गरेको हो । कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरे पनि राष्ट्रिय सभा बैठक भने अवरोध गरेको छैन । राष्ट्रिय सभाको अर्काे बैठक भोलि बस्न गइरहेको छ ।
