काठमाडौं । नेकपाकी सांसद् विद्या भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको स्क्यानिङ मेसिनको प्रभावकारी अनुगमन गर्नुपर्ने बताएकी छिन् ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भ्रमण बर्ष सँगै कोराना भाइरसको विश्वव्यापी जोखिम बढेकाले स्क्यानिङ मेसिनको अनुगमन गर्नुपर्ने बताइन् । उनले भनिन्– 'विमानस्थलमा एक एक यात्रुकाे जाँच गरियो भने नेपालमा कोरोनाकाे संक्रमण छैन भन्ने सन्देश विश्वभरी फैलाउन सक्छाैं ।’
चीनमा रहेका विद्यार्थीसहित नेपालीलाई ल्याउन सरकारले पहल थालेको भन्दै उनले सबै मिलेर सद्भाव र सहयोग गर्न जरुरी रहेको बताइन्
