काठमाडौं । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद् विरोध खतिवडाले सभामुख सापकोटालाई कुर्सीको खुट्टा, ढाडमा कालो टीका लगाउन सुझाव दिएका छन् ।
सभामुख चयन भएसँगै आन्दोलन सुरु भएको हुँदा उनले यस्ताे सुझाव दिएका हुन् । उनले सभामुखलाई बधाई दिदैँ भने– ‘यो सभामुखको कुर्सीमा आँखा लाग्यो जस्तो छ । सभामुखको चुनावको चर्चासँगै धेरैको आँखा त्यो कुर्सीमा पर्याे ।’
‘सत्तापक्षको आँखा पर्नु स्वभाविक नै थियो’ –उनले भने– ‘शिवले माया गरेर तुम्बा समातेर बुढानीलकण्ठमा बसेको बस्यै गर्याे भने संविधान बमोजिम कैलाश हाम्रो हात पर्छ भनेर प्रतिपक्षले नजर लगायो ।’
सभामुख सापकोटाले कुर्सीलाई सन्तुलित ढंगले सञ्चालन गर्ने प्रतिवद्धता गर्दा गर्दै बधाई पाएको भोलिपल्टबाट आन्दोलन भएको भन्दै उनले यस्ताे भनाइ राखेका हुन् ।
