काठमाडौं । नेकपाकी सांसद् शान्ता चौधरीले नेपाली जनतालाई सिंहदरबारभित्र प्रवेश गर्न सहज बनाइदिनु पर्ने बताएकी छिन् ।
प्रतिनिधि सभा बैठककाे शून्य समयमा बोल्दै उनले सुरक्षा जाँच गरी जनतालाई सिंहदरबार छिर्न दिनुपर्ने बताइन् ।
देशका विभिन्न ठाँउबाट आउने जनताले सिंहदरबारभित्र काम गरिरहनुपर्ने अवस्था अझैपनि रहेको भन्दै उनले भनिन्– ‘पास दिन नै धेरै समय लाग्छ, अब निश्चित समयभित्र कम्तिमा दिनको २ घण्टा आफ्नो राष्ट्रिय परिचयपत्र (नागरिकता) देखाएर सिंहदरबारभित्र प्रवेश गर्न दिनु न्यायाेचित हुन्छ ।’
यसाे भए समयको वचत सँगै नेपाली जनतालाई सिंहदरबार मेरो पनि हो भन्ने अनुभुति हुने शान्ताको भनाइ छ ।
