काठमाडौं । संवैधानिक आयोगको काम कारवाही प्रभावकारी एवम् परिणाममुखी बनाउन सांसद् शशी श्रेष्ठले आग्रह गरेकी छिन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद् उनले राष्ट्रिय महिला आयोग लामाे समयसम्म पदाधिकारीविहीन भएकाे भन्दै उनले भनिन्- 'महिलामाथि भइरहेको सबै प्रकारका विभेद र हिंसा अन्त्य गरी सामाजिक न्यायमा आधारित समतामुलक समाज निर्माणका लागि अभियान सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने अायाेग पदाधिकारीविहीन हुनु दुखद हाे ।'
पछाडी पारिएका समुदायको हक अधिकारका लागि स्थापित राष्ट्रिय दलित आयोगले पूर्णता पाउन नसकेको भन्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगमा पनि पदाधिकारी पनि रित्त अवस्थामा भएको बताए ।
संवैधानिक आयोगका पद रित्त हुँदा आयोगहरुको काम कारवाही प्रभावित भएको भन्दै उनले ती आयोगका काम प्रभावकारी बनाउन सरकारलाई आग्रह गरिन् ।
