काठमाडौं । नेकपाकी सांसद् शान्तिमाया पाख्रिनले विदेश गएका युवायुवतीका परिवार बिगार्नेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भनिन् – ‘नेपाली समाजमा व्याप्त भएको अर्काको परिवार बिगार्ने कामको अन्त्य गर्न सरकारले कडा कारबाही गर्नुपर्छ ।’
श्रीमान/श्रीमती विदेश हुँदा अर्काको घर परिवार बिगार्ने र सम्हाल्न नसक्ने महिला वा पुरुषलाई कडा कारबाही गर्ने व्यवस्था गर्न माग गरेकी हुन् । उनले भनिन्– ‘सुन्दर भविष्य निर्माण र रोजगारीका लागि नेपाली युवायुवती विदेश गएका हुन्छन् । तीन चार वर्षपछि नेपाल फर्कदा न त आफ्नो साथमा श्रीमान/श्रीमती न त दुःख गरी कमाएको पैसा नै हुन्छ ।’
