काठमाडौं । सरकारकाे लाेकप्रिय नारा 'समृद्ध नेपाल सुखी नेपाली' चले पनि जनताले समृद्ध नेता दुखी नेपाली महसुस गरिरहेकाे सांसद् मीनबहादुर विश्वकर्माले बताए ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद् विश्वकर्माले भने– ‘सुखी नेपाली हुनका लागि सम्पूर्ण तीन करोड जनता सुखी हुनुपर्नु पर्ने हो ।’
यस्तै सरकारले विगतमा गठन गरेको राष्ट्रिय दलित आयोग बेवारिसे अवस्थामा पुगेको भन्दै उनले भने– ‘दलितको व्यापक कुरा गर्ने तर दलितका लागि बनेका संस्था उत्थान र उदारको लागि सरकार नकरात्मक हुँदै जाने र लाेक सेवाकाे काेटाहरु काटिदैँ गएकाे छ।’
पाँचथरकाे गाउँपालिका अध्यक्षकाे सहयाेगमा जातीय विभेद भएकाे आराेप उनले लगाए । प्रेम विवाहकाे घटनामा शान्ति नेपाली नामकी युवतीमाथि अन्याय भएकाे भन्दै पीडकमाथि कारबाही हुनुपर्ने माग उनले राखे ।
