काठमाडौं । सिन्धुपाल्चोकको जुगलमा कोरोना फैलियो भन्ने भ्रम सिर्जना फैलाइएको सांसद् शेरबहादुर तामाङले बताए ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले त्यहाँ फैलिएको प्रकोपका विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ का दुई सय एक व्यक्तिमा कोरोना भाइरससँग मिल्ने लक्षण देखिएको खबर बाहिरिएकाे थियाे ।
केही दिनदेखि गाउँपालिकाका दुई सय एक व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको गाउँपालिकाले जनाएको छ । ती व्यक्तिमा रुघाखोकी र अत्याधिक ज्वरो देखिएको थियाे ।
उनले आफूले बुझ्दा सिन्धुपाल्चाेक जिल्ला काेराेना भाइरस मुक्ता रहेकाे पाएकाे बताए । अहिले माैसमी रुघाखाेकीकाे बेला भएकाे पनि उनकाे भनाइ छ ।
सिन्धुपाल्चोक लगायत नेपाल नै कारोना मुक्त भएको उल्लेख गर्दै तामाङले भ्रमपूर्ण समाचार लेख्ने कुरामा सजगता अपनाउन आग्रह गरेका छन् ।
