काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद् लक्ष्मणलाल कर्णले भन्सार नतिरी करोडौंको सामान ल्याउनेलाई कारबाही नभएको बताएका छन् ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले प्रश्न गर्दै उनले भने- 'करोडौंको सामान ल्याउनेले छुट पाउने, दुई चार लाखको काम गर्नेलाई सिध्याउने ? । ठूलालाई कारबाही नगरी साना व्यापारीलाई मारमा पार्दा सरकारको नै बदनाम हुने बताए ।
भिष्वा गाउँपालिकाको बोर्डरको एउटा पसलमा केराउ, ल्वाङ मरिच राखेको एक ट्र्याक्टर सामान समातेर भन्सारमा बुझाइएको बताउँदै उनले भने– ‘कर तिर्दा पनि सामान समातिएकाले भेष्वा बजार तीन दिन देखि बन्द छ ।’ किन बन्द भयो भनेर कसैले चासो नराखेको भन्दै उनले भैँसी बोर्डरबाट ल्याउँदा भारतीय भनेर समात्ने गरेको प्रसंग सुनाए ।
बाराको जितपुर बजार भैँसी सप्लायर्स हुने देशकै ठूलो बजार भएको भन्दै उनले वीरगन्जबाट राजधानीतर्फ लान खोज्दा प्रहरीले समाएर भन्सारमा बुझाइदिने गरेको गुनासो गरे ।
जितपुर बजारबाट ल्याएको भैँसीलाई भारतीय भनेर व्यापारीलाई दुख दिने गरेको भन्दै उनले भने– ‘भैँसीको नागरिकता हुँदैन, भएदेखि देखाइदिन्थे, भारतीय भैँसी ल्याएर आयो भन्ने प्रमाण छ ? छ भने बोर्डरमा समात, नेपाल आइपछि यो भारतीय भैँसी हो भन्ने ? अनि भन्सारमा बुझाउने ? यसबाट नागरिक त्रसित छन् । यसो नगर्न अनुरोध गर्छु ।’
बाराको जितपुर बजार भैँसी सप्लायर्स हुने देशकै ठूलो बजार भएको भन्दै उनले वीरगन्जबाट राजधानीतर्फ लान खोज्दा प्रहरीले समाएर भन्सारमा बुझाइदिएको बताए ।
