काठमाडौं । पारमाणविक विधेयक प्रतिनिधि सभाले पारित गरेको छ । आज बसेको सभाको बैठकमा विधेयक बहुमतले पारित भएको हो । विधेयक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सभामा प्रस्तुत गरेका थिए ।
यस्तै प्रतिनिधि सभामा कारागार विधेयक पेश भएको छ । आज बसेको सभाको बैठकमा विधेयक पेश भएको हो । गृहमन्त्री रामबहादुर थापाले विधेयक सभामा प्रस्तुत गर्न अनुमति मागेका थिए । सभाले अनुमति दिएपछि मन्त्री थापाले सो विधेयक पेश गरेका हन् ।
आजको बैठकमा बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयकको प्रतिवेदन पेस भएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले सभामा प्रतिवेदन पेस गरेकी हुन् ।
सरकारले ल्याएको विधेयक उपर समितिले दफावार तथा सैदान्तिक छलफल सकेर सर्वसम्मतिले पारित गरेको थियो । यो विधेयकमाथि सभामा छलफल हुनेछ । सभाको अर्को बैठक आगामी फागुन २ गते अपराह्न २ बजे बस्नेछ ।
