काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको ।
शनिबार ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुँदै छ । स्रोतअनुसार प्रधानमन्त्री ओलीले भोलि सरकारका दुई वर्षे उपलब्धिबारे बोल्ने छन् ।
प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि बैठकमा शून्य र विशेष समयको कार्यक्रम हुने छैन ।
