काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा गर्ने भनिएको सम्बोधन सरेको छ ।
नेपाली कांग्रेसका सांसद् दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्रीको सम्बोधन सारिएको हो ।
सम्बोधनको कार्यक्रम शनिबार बिहान ११ बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । भोलि प्रधानमन्त्री ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुँदैछ । प्रधानमन्त्री अाेलीले शुक्रबार सरकारको उपलब्धिबारे सदनमार्फत जानकारी गराउने कार्यसूची थियो ।
कांग्रेसले अाजकाे बैठक स्थगित गर्न माग गरेको थियो । बैठक उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित हुने संसद् सचिवालयले जनाएको छ ।
उपाध्यायको शुक्रबार बिहान निधन भएकाे थियाे । उनी कांग्रेसकाे तर्फबाट राष्ट्रिय सभा सदस्य भएका थिए ।
