काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।
राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको आज बिहान निधन भएको थियो । उपाध्यायको निधनमा दुःख व्यक्त गर्दै प्रतिनिधि सभा बैठकले आजको काम कारबाही स्थगित गरेर शोक प्रस्ताव पारित गरी स्थगित भएको हो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको छ । उपाध्यायको निधनमा सांसद्हरुले एक मिनेट मौनधारण गरे ।
अर्को बैठक फागुन तीन गते शनिबार बिहान ११ बजे बस्ने गरि सभामुख सापकोटाले आजको बैठक स्थगित गरे ।
